Skip This
कैलाली १ मा मतान्तर बढाउँदै रञ्जिता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर ६ मंगलबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली १ मा मतान्तर बढाउँदै रञ्जिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १७:५९:oo

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाउँदै लगेकी छिन्। १५ हजार ७२४ मत गणना हुँदा सात हजार ५२ मत ल्याएर रञ्जिता अग्र स्थानमा छिन्। गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरी चार हजार ५२५ मतसहित दोस्रो स्थानमा छन्।

नेकपा एमालेका तपेन्द्रबहादुर रावलले एक हजार ५१८ मत पाउँदा नौ सय ७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता कारागारमा कैद सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीकी पत्नी हुन्।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट रेशम फरार अवस्थामै निर्वाचित भएका थिए। निर्वाचित भएपछि अदालतमा आत्मसमर्पण गरेका उनी टीकापुरमा नौजनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई आजीवन काराबासको सजाय भोगिरहेका छन्।