१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर ६ मंगलबार १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको उजुरीका कारण दोलखामा सुरु भएन मतगणना  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १५:४६:oo

नेकपा एमालेका उम्मेद्वारहरुले जिल्लाका केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै उजुरी गरेपछि दोलखामा अहिलेसम्म पनि मतगणना सुरु हुन सकेको छैन। 

निर्वाचनका क्रममा गठबन्धन दलका कार्यकर्ताहरुले जिल्लाका केही मतदान केन्द्रहरुमा बुथ क्याप्चर गरेको आरोप लगाउँदै निर्वाचन कार्यालयमा उजुरी गरेपछि मतगणना हुन नसकेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक सर्बदलिय बैठक आह्वान गरेपनि एमाले बैठकमा सहभागी नभएपछि मतगणना सम्बन्धि प्रकिया अघि बढ्न नसकेको कार्यालयले जनाएको छ।

निर्वाचनका दिन रातिसम्म जिल्लाभरका सबै मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम ल्याइएपनि अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सहायक मतदान अधिकृत शिव पोखरेलले निर्वाचन सम्बन्धि उजुरी निर्वाचन आयोगमा पठाइएको र आयोगले तत्काल गणना नगर्न भनेका कारण मतगणना सुरु गर्न नसकिएको प्रतिक्रिया दिए। उनले भने आयोगको निर्देशन कुरेर बसेका छौँ प्राप्त हुनासाथ प्रकृया अघि बढाउछौँ। 

तत्काल मतगणना सुरु नगरे आन्दोलन गर्ने चेतावनी 

निर्वाचन सकिएको २ दिनसम्म मतगणना सुरु नगरेको भन्दै लोकतान्त्रिक वाम गठबन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। 

उनीहरुले मुख्य निर्वाचन अधिकृतलाई भेटेर तत्काल मतगणना सुरु गर्न पटक पटक आग्रह गरेपनि आयोगको निर्देशन कुरेको भन्दै बेवास्ता गरेको आरोप लगाएका छन्। 

कांग्रेसका जिल्ला सभापति एवं दोलखा ख का प्रदेश सांसदका उम्मेद्वार बर्मा लामाले तत्काल मतगणना सुरु नगरे कडा आन्दोलन गर्ने जनाएका छन्। गठबन्धन दलका अन्य नेताहरुले दोलखाको मतगणनाका सवालमा निर्वाचन आयोगले अनाबश्यक राजनीति गरेको आरोप लगाएका छन्।