मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १८:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री शर्मालाई सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १८:५४:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती अग्रता लिएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धा गरेका शर्माले सुरुवाती अग्रता लिएका हुन् । उनले एक हजार सात सय ७६ मत ल्याउँदा खरेलले एक हजार एक सय ४७मत पाए ।

प्रारम्भिक मत परिणाम अनुसार यहाँ कांग्रेस महामन्त्री शर्मा र एमाले नेता तथा पूर्वमहान्यायधिवक्ता अग्नि खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा झापामा सबैभन्दा बढी ७२ दशमलव ६० प्रतिशत मत खसेको थियो ।

यहाँ ८७ हजार तीन सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।अहिलेसम्म तीन हजार ६ सय २९ मत गणना भएको छ ।