१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Monday, 30 June, 2025
नवदीप अजनवी नुवाकोट
२o७९ मङ्सिर ५ सोमबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा बल्ल गणना सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १४:३७:oo

मंसिर ४ गते भएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतगणना नुवाकोटमा सोमबार दिउँसोबाट मात्र सुरु भएको छ।  विदुरमा मतपेटिका आइपुग्न सोमबार बिहान दुई बजेसम्म लागेकोले गणना ढिलाई भएको मुख्य निर्वाचन अधिकृत  मदनबहादुर धामीले बताए ।

नुवाकोट क्षेत्र नं. २ को प्रतिनिधी सभा र प्रदेश सभाको सोमबार दिउँसो १: ४५ बजेबाट गणना सुरु भएको हो । चार स्थानबाट गणना आरम्भ गरिएको छ । बिहान भएको सर्वपक्षीय बैठकमा ११:३० बजेबाट सुरु गर्ने भनिए पनि दुई घण्टाभन्दा ढिलो सुरु भएको छ । 

नुवाकोट क्षेत्र नं. १ को मत गणना अझै सुरु भएको छैन । नुवाकोटमा आइतबार भएको निर्वाचनमा ५४.७ प्रतिशत मत खसेको  छ ।