१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रमेश रावल सुर्खेत
२o८१ जेठ ७ सोमबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:५८:oo

सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो। 

निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीनवटा केन्द्रको मतदान रद्द भएको भएको थियो। 

निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिएकाले मंगलबार निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत उपेन्द्रकेशर खनाल बताए। 

सिम्ताको सिम्ता बहुमुखी क्याम्पसमा तीनवटा मतदान रहेकोमा ‘क’ मतदान केन्द्रमा प्रतिनिधिसभाका एक सय मतपत्र मतदाताले प्रदेश सभाको बाकसमा खसाएका थिए।
 

ad
ad