१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार १०:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर १ मा एमालेको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार १०:२९:००

ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण क्षेत्रको एक हजार दुई सय ८३ मत गणना हुँदा नेकपा एमालेको छ सय ६२, नेपाली कांग्रेसको चार सय दुई, राष्ट्रिय स्वतन्त्र पार्टीको ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५१ तथा अन्यमा १० र बदर मत ६५ रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम भोलि रातिसम्म सार्वजनिक हुने बताइएको छ।

ललितपुर १ मा जम्मा ७४ हजार तीन सय ३९७ मतदाता रहेकोमा ५० हजार सात सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उदयशम्शेर राणा, एमालेका नवराज सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यसहित २१ प्रतिस्पर्धीमा छन् ।