१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना : तीन प्रहरीको घटनास्थलमै मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२१:oo

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।     

मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, 'तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।'    

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।     
 

ad
ad