१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ मङ्सिर ५ सोमबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा मतगणना सुरु हुँदै, सर्वदलीय बैठकको तयारी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार ०८:२९:००

उदयपुरमा आजदेखि मतगणना सुरु हुने भएकोछ । जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाका अनुसार दुवै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

उनले भने, ‘दुवैतिको मतगणना आजै सुरु हुन्छ । मतपेटिका अबेर राति भएकाले हिजो मतगणना सुरु नभएको हो ।’ क्षेत्र नम्बर १ को त्रियुगा माध्यमिक विद्यालय र २ को कटारीस्थित उदयश्री बहुमुखी क्याम्पसममा मतगणना हुने उनले जनाए । दुई लाख २८ हजार नौ सय ४६ मतदाता रहेको उदयपुरमा एक लाख २१ हजार चार सय ७९ ले मतदान गरेका छन् ।