१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख ३१ सोमबार १५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदान गरेर फर्कँदै गरेका दुई युवा कुटिए, गम्भीर घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:२५:oo

रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कँदै गरेका दुई युवा बीचबाटोमै कुटिएका छन्।

मतदान गरेर मोटरसाइकलमा घर फर्कँदै गरेका उनीहरूलाई रामेछाप– ८ डुम्रिखर्कको सडकमा बसिरहेका केही युवाले मोटरसाइकल रोकी कुटपिट गरेका हुन्। घाइते हुनेहरूमा रामेछाप–८ का २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी रहेका छन्।

उनीहरू दुवैको अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ। दुवैजनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। दुवैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको रामेछाप नगरपालिका वडा नं ८ का निर्वतमान अध्यक्ष केदार कार्कीले जानकारी दिए।

कुटपिटमा संलग्नमध्ये एकजनालाई प्रहरीले प्रक्राउ गरेको र बाँकी अन्य तीनजना फरार रहेका छन्। उनीहरूको खोजीकार्य भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

ad
ad