मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ मङ्सिर ४ आइतबार १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगको पूर्वसहमति नलिई मतदान स्थगित नगर्न निर्देशन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १३:o५:oo

निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको छ।

 यसैगरी, आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।

मतदान स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ।