मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Thursday, 06 February, 2025
समाचार डिजिटल संस्करण

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार १६:५१:oo

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए। स्थिर समयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको उनको भनाइ छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने गरी व्यवस्था गरेको बताए। ‘आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्तालगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने गरी व्यवस्था गरेको छ,’ उनले भने।