मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Monday, 14 July, 2025
तिवारी यादव वीरगन्ज
२o७९ मङ्सिर २ शुक्रबार १५:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुनसान नेपाल–भारत सीमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १५:oo:oo

मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै दुईदेशीय नाका सिल गरिएपछि नेपाल–भारत सीमा क्षेत्र सुनसान बनेको छ।

नाका सञ्चालन हुँदा सीमा क्षेत्रमा अत्यधिक चहलपहल हुने गरेको थियो। मानिस तथा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाउँदै बिहीबार राति १२ बजेदेखि नाका सिल गरिएको छ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासनले ७२ घन्टा नाका बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्।

यसअघि नै स्थानीय प्रशासनले जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको मतदान सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री–वितरण र सेवन गर्न प्रतिबन्ध लगाइसकेको छ।