१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही

लोककल्याणकारी विज्ञापनमा कडाइ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहीबार राति १२ बजेसम्म रहेकाले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई सचेत गराएको हो ।

‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअंकित झन्डा र ब्यानर, श्रव्यदृश्यलगायतका सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन–प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन हुने हुँदा त्यस्तो कार्य नगर्न–नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ,’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन–प्रसारण–सम्प्रेषण गर्न पाइनेछैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

कतिपय सञ्चारमाध्यमबाट मौन अवधि सुरु भएपछि पनि सोअघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सूक्ष्म ढंगबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।