१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीकाे विरोध गरेको भन्दै लिङ्देनविरुद्ध खनिए थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२७:oo

मकवापनुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्ना पुराना सहकर्मी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध आक्रामक बनेका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै थापाले झापामा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर एमालेविरुद्ध विष बमन गरेको आरोप लगाए।  

अघिल्लो आमनिर्वाचनम आफूले केपी ओलीसँग अनुनय, विनय गरेर लिङ्देनलाई जिताएको दाबी गर्दै थापाले ओलीविरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेस हुँदा दुवैपटक अनुपस्थित भएर लिङ्देनले धोका दिएको आरोप लगाए। 

थापाले लिङ्देन विश्वासघाती र अवसरवादी रहेको दाबी गरे। अध्यक्ष थापाले राप्रपाका उमेदवार दीपक सिंह देशी विदेशी शक्तिहरूको हतियारको रूपमा प्रयोग भएकोसमेत उल्लेख गरे।

‘दीपक मेरो भाइ हो। तर, मेरो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वहरूले मेरो आफ्नो भाइलाई उचालेर मेरैविरुद्ध उम्मेदवार बनाएको छ। दीपकले पनि यो कुरा बुझ्नुपर्ने थियो,’ थापाले भने।

उनले सत्तारुढ गठबन्धनलाई पनि अस्थिर सरकार भएको आरोप लगाउँदै वर्तमान गठबन्धनको अस्थिर सरकारभन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त भएको दाबी गरे।

थापाले एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसविरुद्ध डटेर लड्ने र भारतले कब्जा गरेको भूमि चुच्चे नक्सामा समेट्ने नेता ओली राष्ट्रवादी भएको बताए। उनले मुलुकको बृहत्तर हितका लागि ओली नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरे।