१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार १८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर- २ ‘क’ मा आठजनाको ‘डेब्यु’, भाट र सिंह मुख्य प्रतिस्पर्धी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:o८:oo

कञ्चनपुर–२ ‘क’बाट  प्रदेश सभा सदस्य निर्वाचनमा आठजना ‘डेब्यु’ उम्मेदवार चुनावी मैदानमा छन्। ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बनेका दलका सात र एक बागी गरी आठैजना पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धामा छन्। 

गठबन्धनबाट माओवादीका ओमविक्रम भाट ‘सरल’, एमालेका वचनबहादुर सिंह, लोकतान्त्रिक समाजवादीका जगन्नाथ केसी, नेमकिपाका भरत मल्ल, नागरिक उन्मुक्तिका गीता चौधरी, राप्रपाका चन्द्रकान्त भण्डारी, हाम्रो नेपालका राजुराम सार्की र एमालेका बागी टेकबहादुर हमाल उम्मेदवार छन्।

तर, ५४ हजार ६८८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेश सभामा डेब्युका लागि भाट र सिंह मुख्य प्रतिस्पर्धी हुन्। ३५ वर्षीय भाट माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने ४२ वर्षीय सिंह एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य हुन्। 

सिंहविरुद्ध भने एमालेकै हमालले बागी उम्मेदवारी दिएका छन्। एमालेको मत हमालले काट्ने आकलन गरिएको छ। भाट भने माओवादीसँगै कांग्रेस र एकीकृत समाजवादीको मत आउने भएकाले जित सुनिश्चित रहेको बताउने गरेका छन्।

०७४ को निर्वाचनमा यहाँबाट माओवादीका महेशदत्त जोशी निर्वाचित भएका थिए। माओवादी र एमालेबीच गठबन्धन हुँदा जोशी १७ हजार ६७२ मतसहित विजयी भएका थिए भने कांग्रेसका पुष्कर ओझाले १२ हजार ४६२ मत ल्याएका थिए।  अघिल्लोपटक ४५ हजार १०५ मतदाता रहेका थिए भने यसपटक बढेर ५४ हजार ६८८ पुगेका छन्। 

कञ्चनपुर– २ ‘क’मा कृष्णपुर नगरपालिका नौवटै वडा र शुक्लाफाँटा नगरपालिकाका चार (७, ८, ९ र ११) वडा पर्छन्। 
भाटले  युवालाई स्वरोजगार बनाउन उद्यमतर्फ जोड्ने योजना अघि सारेका छन्।

आरक्षपीडित, भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने, चुरेदेखि तराईसम्म कटानी नियन्त्रण, सिँचाइ विस्तार, खानेपानी सुविधा पुर्‍याउने, छाडा पशु चौपाया व्यवस्थापन, जंगली जनावरबाट हुने क्षति न्यूनीकरण, ढलसहित सडक पूर्वाधार विकास र ग्रामीण भेगमा कृषिलाई आधुनिकीकरण गर्ने उनले बताए।

सिंहले पनि भूमिहीन, आरक्षपीडित, अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने एजेन्डा नै अघि सारेका छन्। खर र टिनका छाना विस्थापित गरेर काठ र पक्की बनाउने, नदीकटान नियन्त्रण गर्ने, खानेपानी, सिँचाइ विस्तार गर्ने, शिक्षा रोजगारीका कार्यक्रम सञ्चालन गर्ने एजेन्डा उनले अघि सारेका छन्।

स्थानीय चुनावको मतभारमा गठबन्धन अगाडि

३० वैशाखको स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेस पहिलो दल बनेको थियो। कांग्रेसले कृष्णपुर नगरपालिका प्रमुखसहित ६ वटा वडा, माओवादी केन्द्रले पाँच वडा र एमालेले दुई वडा जितेका थिए।

वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा कांग्रेस ११ हजार ६६८ मतले अगाडि छ। दोस्रोमा रहेको एमालेको मत नौ हजार ८५४ छ भने माओवादीको मत ८ हजार ८४० छ। एकीकृत समाजवादीको मत एक हजार ६८७ हुँदा राप्रपाले दुई हजार ५० र अन्यले एक हजार ३७२ मत पाएका थिए। 

ad
ad