मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ मङ्सिर १ बिहीबार १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दशगजामा नेपाल-भारतको संयुक्त गस्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १४:३३:oo

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेस सभा निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारत सीमानाकाको दशगजामा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

अवैध हातहतियार भित्रिन नदिन र सीमामा आपराधिक गतिविधि हुन नदिन दुई देशका सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले बताए।

उनले खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न बिहीबार दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गरेको बताए। उनले भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा गस्ती गरेको बताए। 

उनले दुई देशका सुरक्षाकर्मीले नियमित रूपमा संयुक्त गस्ती गर्दै आए पनि पछिल्लो समय प्रतिनिधिसभा र प्रदेस सभा निर्वाचनलाई मध्यनजर गरी संयुक्त गस्तीलाई तीव्र पारिएको बताए। ‘आवश्यकताअनुसार दुई देशका सुरक्षाकर्मीले नाकामा संयुक्त गस्ती गर्छौँ, तर पछिल्लो समय निर्वाचनलाई मध्यनजर गर्दै गस्तीलाई तीव्र पारिएको छ,’ उनले भने।

निर्वाचनका वेला भारतबाट साना हतियार भित्रिन सक्ने खतरालाई मध्यनजर गरी दुवै देशका सुरक्षाकर्मी परिचालन गरिएको खत्रीले बताए। उनले नाकामा सुरक्षा व्यवस्था कडा पारिएको बताए। 

‘दशगजा क्षेत्रमा दुवै देसको सुरक्षाकर्मीको संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउँदै हरेक दिन परिचालन गर्ने योजना बनाएका छौँ । भारतीय प्रहरीलाई पनि सहयोगका लागि आग्रह गरिएको छ,’ उनले भने। 

जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) माधवप्रसाद रिजालले जानकारी दिए। उनले आवश्यकताअनुसार गस्ती गरिने बताए।