१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शीर्ष नेता लगभग सबै सुरक्षित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o६:oo

प्रमुख दलका शीर्ष नेताको उपस्थितिले संसद्लाई प्रभावकारी बनाउन भूमिका त खेल्छ नै, यसबाहेक राष्ट्रिय सरोकारका मुद्दामा एकता जुटाउन पनि मद्दत गर्छ । आसन्न निर्वाचनमा शीर्ष नेताहरू ठूलो प्रतिस्पर्धामा छैनन् । ०७४ को प्रतिनिधिसभा निर्वाचन र गत वैशाखमा भएको स्थानीय निर्वाचनको परिणामले उनीहरू सुरक्षित देखिन्छन् । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सातौँपटक प्रतिस्पर्धामा छन् । ०७४ मा उनले ६ हजार ९४८ मतान्तरले वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार खगराज भट्टलाई पराजित गरेका थिए । देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत पाएका थिए । यसपटक कांग्रेस र माओवादी एकै गठबन्धनमा रहेर निर्वाचनमा छन् । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका सात पालिकामध्ये पाँचमा कांग्रेस र दुईमा माओवादीले जित हासिल गरेको थियो । वडाध्यक्षमा कांग्रेसले सबैभन्दा बढी २१ हजार ४६२ मत पाएको थियो । माओवादीले १२ हजार ६२३, एमालेले १० हजार ५०९, एकीकृत समाजवादीले चार हजार ७१९ र कांग्रेस (बिपी)ले तीन हजार ७९९ मत प्राप्त गरेका थिए । देउवासँग प्रतिस्पर्धामा कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्लले टक्कर दिँदै छन् । तर, देउवाको विगतदेखिको ‘विरासत’ र गत स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादीले पाएको मत हेर्दा उनको अपराजित यात्रामा विराम लगाउन सहज छैन । 

एमाले अध्यक्ष केपी ओली अघिल्लो निर्वाचनमा झापा ५ बाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए । ओलीले ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

यसपटककोे निर्वाचनमा पनि ओली र अधिकारी प्रतिस्पर्धामा छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमालेकै धेरै छ । यहाँ एमाले र राप्रपाले तालमेल गरेका छन् । एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको आठ हजार ३५३ र एकीकृत समाजवादीको एक हजार ९८८ मत छ । सत्तागठबन्धनका दलहरूको भन्दा एमाले एक्लैको धेरै मत छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  गोरखा २ बाट सत्तागठबन्धनका साझा उम्मेदवार छन् । उनीसँग एमालेबाट उम्मेदवारी दिएका अब्दुस मियाँको प्रतिस्पर्धा हुँदै छ । गोरखा २ मा एक लाख पाँच हजार २४० मतदाता छन् । स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षको मत जोड्दा माओवादी सबैभन्दा अगाडि छ । वडाध्यक्षको मत जोड्दा भने कांग्रेस अगाडि छ । ११ पालिका अध्यक्षहरूको मत जोड्दा माओवादीको ५२ हजार ४६६, कांग्रेसको ४८ हजार ७३७ छ र एमालेको २० हजार ७८५ छ ।

वडाध्यक्षहरूको कुल मतमध्ये कांग्रेसको ४८ हजार २२८, माओवादीको ४७ हजार ६१७ र एमालेको १७ हजार १३ मत छ । यस क्षेत्रमा ०७४ मा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । यस क्षेत्रमा ५७ हजार ४७९ मत सदर भएकोमा भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । यसपटक भट्टराईको समर्थन प्रचण्डलाई छ । 

स्थानीय निर्वाचनमा प्राप्त गरेको मतका आधारमा सत्तागठबन्धन र एमालेबीच धेरै मतान्तर देखिन्छ । गोरखा २ मा सत्तागठबन्धनसँग करिब ५२ हजार मत छ । एमालेसँग भने ६ हजार पाँच सय मत मात्र छ । गोरखामा एमालेको संगठन कमजोर भएका कारण गठबन्धनका उम्मेदवारलाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ । एमालेभन्दा झन्डै आठ गुणा बढी मत भएकाले पनि प्रचण्ड सजिलै चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।

एकीकृत समावादीका अध्यक्ष माधव नेपाल रौतहट १ मा सत्तागठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । गुप्तालाई जसपाको समर्थन छ । ०७४ मा यस क्षेत्रमा राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले २१ हजार ४७२ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ८७४ र तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादीका सत्यनारायण भगत बिनले १२ हजार ३३१ मत पाएका थिए । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार नेपाल बलियो अवस्थामा छन् । यो क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले आठ हजार २४१, माओवादीले आठ हजार १९१ र एमालेले सात हजार ३८५ मत पाएका थिए ।

सत्तागठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा ५६ हजार ८७९ पुग्छ । निर्वाचनमा तालमेल गरेका एमाले र जसपाको मत जोड्दा १५ हजार ६२६ हुन्छ । गठबन्धनको यही मतका आधारमा नेपाललाई जित निकाल्न सहज हुने देखिन्छ । वडाध्यक्षमा कांग्रेसले सबैभन्दा बढी २१ हजार ४६२ मत पाएको थियो । माओवादीले १२ हजार ६२३, एमालेले १० हजार ५०९, एकीकृत समाजवादीले चार हजार ७१९ र कांग्रेस (बिपी)ले तीन हजार ७९९ मत प्राप्त गरेका थिए ।

प्रतिस्पर्धामा उपेन्द्र–महन्थ
०७४ मा लोसपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ मा एमालेका विजयकुमार चौधरीलाई १८ हजार १६९ मतान्तरले पराजित गरेका थिए । ठाकुरले २६ हजार ८४५ र चौधरीले आठ हजार ६७६ मत ल्याएका थिए । यो क्षेत्रमा सत्तागठबन्धनबाट ठाकुर फेरि चुनावी मैदानमा छन् । यसपटक ठाकुरसँग जसपाका हरिनारायण यादव प्रतिस्पर्धामा छन् । यादवलाई एमालेको समर्थन छ । 

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा जसपा सबैभन्दा ठूलो दल छ । दोस्रोमा लोसपा छ । सत्तागठबन्धनको मतलाई आधार मान्दा भने ठाकुरको पक्षमा बढी मत देखिन्छ । यस क्षेत्रमा जसपाको १४ हजार ३५७, लोसपाको १२ हजार ७३५, एमालेको १० हजार ८२०, कांग्रेसको नौ हजार ४३, माओवादीको पाँच हजार १९५, एकीकृत समाजवादीको दुई हजार ५७० र राप्रपाको ६ हजार १८ मत छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा लोसपाका नेता जयप्रकाश ठाकुरसँगको प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा यी दुईबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि यही क्षेत्रबाट उम्मेदवार छन् । यादवलाई एमालेको समर्थनले राहत छ । 

तर, स्थानीय तहको मतअनुसार ठाकुर यादवभन्दा १२ हजार मतले अगाडि देखिन्छन् । स्थानीय चुनावको मतअनुसार यादव र ठाकुरबीच प्रतिस्पर्धा छ । ठाकुरलाई यसपटक सत्तागठबन्धनको समर्थन छ । जसपा अध्यक्ष यादवलाई एमालेले समर्थन गरेको छ । 

स्थानीय निर्वाचनमा प्राप्त वडाको मतअनुसार जसपाले १४ हजार ४०३ र एमालेले पाँच हजार ९५१ मत पाएका थिए । कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार २५४, माओवादीले नौ हजार ५३१, एकीकृत समाजवादीले दुई हजार ४०८ मत पाएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले जम्मा चार हजार ५४४ मत पाएको छ ।
 

ad
ad