१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको तोडफोड भएको गाडी । तस्बिर : सराेज देवकाेटा/नयाँ पत्रिका
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी तोडफोड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

चितवनमा उम्मेदवारको गाडी तोडफोड भएको छ। चितवन क्षेत्र नम्बर २ का गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको हो।

स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको वेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेजनजिक रेडक्रसचोकमा रहेको बा.३ च २०५० नम्बरको गाडी निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेकाे बताइएकाे छ।  

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीका अनुसार घटनाको छानबिन गरी थप विवरण आउन बाँकी छ। 

घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडीमा मोटरसाइकल चढेर आएका कार्यकर्ताले इँटा र ढुंगा प्रहार गरेका थिए।

आक्रमणबाट गाडीको अगाडिको सिसामा क्षति पुगेको छ। भाइजर पनि फुटेको छ। उक्त गाडीअगाडि रहेको  प्रदेश ३-०१- २४ च ९०६१ नम्बरको निसानको म्याग्नेट गाडीको सिसा पनि फुटाएका छन्। 

आइतबार चितवनमै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमा पनि तोडफोड भएको थियो। 

इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा चुनावी प्रचारमा रहेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र पार्टीका कार्यकर्ता सवार उक्त गाडीमा तोडफोड गरेको बताइएको थियो।