१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेषले उल्टाएका थप नौ मुद्दा लिएर पुनरावेदनका लागि सर्वोच्च पुग्यो अख्तियार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:११:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। हालैको निर्णयअनुसार अख्तियारले मंगलबार ती मुद्दा सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो।

योसहित साउनयता मात्रै अख्तियारले एक सय ३५ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । अघिल्लो साता मात्रै एक सय १२ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको जानकारी गराएको थियो । त्यसअघि १० मुद्दा पनि पुनरावेदन गरेको थियो। 

अघिल्लो साता अख्तियारले पत्रकार सम्मेलन नै गरेर प्रमाण पुगेका धेरै मुद्दा उल्टिएको भन्दै अप्रत्यक्ष रूपमा विशेष अदालतप्रति असन्तुष्टि प्रकट गरेको थियो। 

अख्तियारको सार्वजनिक असन्तुष्टिपछि नेपाल बार एसोसिएसनले अख्तियारले क्षेत्राधिकार नाघेर अदालतमाथि हस्तक्षेप गर्न खोजेको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । लगत्तै अख्तियारले अर्को विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको थियो। एक साताप्रति फेरि अख्तियारले थप नौ मुद्दा पुनरावेदन गरेको हो।