मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०७९ कार्तिक ३० बुधबार १२:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस मकवानपुरका १६ नेता–कार्यकर्ता कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७९ कार्तिक ३० बुधबार १२:२३:००

कांग्रेस मकवानपुरले मंगलबार जिल्लाका १६ नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसको नीतिविपरीत गतिविधि गरेको भन्दै कांग्रेस जिल्ला पार्टीले उनीहरूलाई कारबाही गरेको हो । 

हेटौँडा उपमहानगरपालिका– २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी सभापति बुद्ध लामाले कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरूलाई कारबाही गरिएको जानकारी दिए । कारबाहीमा पर्नेमा महासमितिका पूर्वसदस्यद्वय भरत पराजुली र रीता खनाल छन् । 

पराजुली स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् भने खनाल बिपी कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवार छिन् । यसैगरी, कांग्रेसले पूर्वजिल्ला सदस्य गोपी अधिकारी, पूर्वक्षेत्रीय सभापति सुजन गोपाली, क्षेत्रीय सचिव नवराज पौडेल, भीमफेदी गाउँपालिका उपसभापति रुद्र लामा, पूर्वइकाइ सभापति भीमप्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि कर्णबहादुर थिङलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्ने अन्य नेताहरूमा नेपाल तरुण दल जिल्ला उपाध्यक्ष नीराजन बर्तौला, तरुण दल जिल्ला सदस्य किशोर राना र सिरित राई, तरुण दल इकाइ अध्यक्ष बुद्ध लामा, नगर कार्यसमिति सदस्य सूर्य थोकर, क्रियाशील सदस्य रमेश ढकाल, धीरजविक्रम न्यौपाने र क्षेत्रीय प्रतिनिधि मीरा सापकोटा छन् ।