मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ९ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक ९ बुधबार o७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेवार समुदायकाे म्हः पूजा आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक ९ बुधबार o७:२o:oo

नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

यस वर्ष मंगलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत् नयाँ वर्ष मनाइएको छ।

यसैगरी, एकथरी नेवार समुदायले हिजो नै म्हः (आत्म) पूजा गरेका छन्। अर्काथरीले भने आज गर्दै छन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए। 

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ।