मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका राजविराज
२o८२ असार ३२ बुधबार १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १४:३५:oo

कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुशल उद्धार गरिएको छ । भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचजना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारकाे जिम्मा लगाइएको हो ।   
 
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिने गरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रमशोषणमा परेका तिरहुतका– ४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कंकालिनी– ८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँचजनालाई सकुशल उद्धार गरिएको हो ।
 
अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहनुभएका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर संघको सहयोग र समन्वयमा उनीहरूलाई उद्धार गरिएको स्पष्ट  गरे । 
 
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इन्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए।