
संघीय निजामती विधेयकमा उल्लेखित कुलिङ पिरियडको व्यवस्थामा भएको छेडखानी छानबिन गर्न गठित विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ।
छानबिन समिति सदस्य माधव सापकोटाका अनुसार अहिले खतिवडासँग सोधपुछ भइरहेको छ। राज्य व्यवस्था समितिबाट निर्णय भएको दुईवर्षे कुलिङ पिरियडको प्रावधानलाई निष्प्रभावी बनाउने गरी सभामा प्रस्तुत भएपछि छानबिन समिति गठन भएको हो।