१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वासिलो आधार प्रस्तुत गरे निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौँ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताएकी छिन्। परम्परागत तवरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत् क्षेत्रका निर्णय लिइने स्पष्ट पार्दै उनले निजी क्षेत्रले पनि नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताइन्। 

आज मन्त्रालय पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)लाई मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पारिन्। ‘तर्क र बहस मात्र होइन, हामी विद्युत् बिक्री गर्न सक्छौँ भन्ने ग्यारेन्टी गरेर आउनुहोस्, धेरै विलम्ब नगरीकन अनुमति दिउँला।‘ विद्युत् व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालले विद्युत् परम्परागत तवरले भन्दा पनि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिइन्। 

मन्त्री भुसालले विद्यमान चुनौतीलाई सामना गर्दै अगाडि बढ्न सके व्यावसायिक रूपमा निजी क्षेत्र सफल र व्यवस्थापकीय पाटोमा पनि सफल हुँदै जाने विश्वास व्यक्त गरिन्। सो अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो नेतृत्व आएपछि विद्युत् खपतसहितका अन्य महत्वपूर्ण निर्णय लिएर काम गरिरहेको स्पष्ट पारे। विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले विभागले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा प्रक्रियागत ढिलासुस्ती हटाउन विभाग लाग्ने विश्वास दिलाए। सो अवसरमा इपानका अध्यक्ष कृष्ण आचार्यसहितका प्रतिनिधिले विद्युत् क्षेत्रमा देखिएका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।