Skip This
संसदीय समितिमा माधव नेपालले ओली पक्षका सांसदलाई भने– प्रतिगमनको मतियार भएर यहाँ नबस्नुस् (भिडियो)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १० आइतबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १० आइतबार १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय समितिमा माधव नेपालले ओली पक्षका सांसदलाई भने– प्रतिगमनको मतियार भएर यहाँ नबस्नुस् (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १० आइतबार १४:४२:oo

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले नेता माधव नेपालले केपी ओली पक्षका सांसद नारदमुनि रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न चेतावनी दिएका छन्। आइतबार बसेको बैठकमा ओली पक्षका सांसद र सत्तापक्षीय गठबन्धनका सांसदहरूबीच भनाभन भएको हो।

प्रतिनिधिसभा पुनर्स्थापना र माधव नेपाललगायतका सांसदहरूको व्यवहारप्रति रानाले आपत्ति जनाएपछि नेपालले उनलाई प्रतिगमनको मतियार भएर नबस्न भनेका हुन्। नेपालको भनाइ थियो, ‘प्रतिगमनको मतियार भएर यहाँ नबस्नुस्। राजीनामा दिनुस् निस्कनुस् ।’
रानाले जनताबाट नभई अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्युँतिएको बताएका थिए। त्यस्तै, आफ्नो सरकार गिराउन नेपाल पक्षले भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए।