राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत इगो साधेर राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। शाहीले पक्राउ पुर्जीविना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएकामा आपत्ति जनाएका हुन्।
सोमबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यदि पूर्वप्रधानन्यायाधीश दोषी नै हुन् भने छोडेको किन? निर्दोष हुन् भने राति ३ बजे पक्राउ गरेको किन? यो बालहठमा त राज्यसत्ता चलाउनु भएन नि।’
जिबी राई, वाइड बडी, एनसेल, निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका आरोपी खुला हिँडिरहँदा दुर्गा प्रसाईंलाई बारम्बार पक्राउ गरिएकामा समेत शाहीले प्रश्न गरे।
‘यस्ता गतिविधि गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईंहरूको सरकारबिच केही पनि फरक हुँदैन,’ शाहीले भने।