मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न : चेम्बर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o१:oo

नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी–व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्यालसमक्ष सिंहदरबारमा बिहीबार भेटवार्ता गरेको हो । चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको हो । 

विकासित घटनाले व्यावसायिक सुरक्षमा गम्भीर प्रश्न उठेको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठुलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशतभन्दा बढी रहेको छ, विकसित पछिल्लो घटना क्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ ।’

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको उनले बताए । आर्थिक सुरक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गृहमन्त्री अर्यालसमक्ष व्यक्त गरेको छ ।