मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ३ शुक्रबार १o:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली केराले नै दसैँ–तिहारको माग धान्ने, आयात नगर्न व्यवसायीको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १o:३१:oo

केरा व्यवसायीले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासंघ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजनक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई अनुरोध गरिएको बताए । 

महासंघले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार गरेको उनले बताए । महासंघले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदा–रहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्बाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ ।

केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुन सक्नेसम्म खतरा बढ्ने बताइएको छ ।