Skip This
गण्डकीमा ७३९ कैदीबन्दी सम्पर्कविहीन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format o८:३९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकीमा ७३९ कैदीबन्दी सम्पर्कविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३९:oo

जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशका चार जिल्लास्थित कारागारबाट एक हजार ३०१ कैदीबन्दी फरार भएका थिए । प्रदेशका ११ जिल्लामध्ये कास्की, तनहुँ, म्याग्दी र पर्वतसँगै कास्कीमा रहेको बाल सुधारगृहबाट भागेकामध्ये मंगलबारसम्म ५६२ जना कैदीबन्दी सम्पर्कमा आएका गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

कास्कीबाट ७७३, कास्कीमै रहेको बाल सुधारगृहबाट १०६, तनहुँ कारागारबाट ३२७, म्याग्दीबाट ७६ र पर्वतबाट १९ जना कैदीबन्दी फरार भएका थिए । कैदीबन्दी फरार भएपछि प्रहरीले नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्क आउन/फर्कन सार्वजनिक सूचना जारी गरेको थियो ।

सँगै प्रहरीले कारागारबाट फरार रहेका कैदीबन्दी आफ्नो घरछिमेकमा आएको थाहा पाए प्रहरीलाई खबर गरिदिन सर्वसाधारणलाई अपिलसमेत गरेको कार्कीले बताए । फरार भएका कैदीबन्दीमध्ये कास्कीका ३११, बाल सुधारगृहका ३४, तनहुँका १४८, म्याग्दीका ६० र पर्वतका नौजना कारागार फर्किसकेका छन् ।