Skip This
राजनीतिक विश्लेषक प्रा. लोकराज बराललाई ३ प्रश्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३७:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा. लोकराज बराललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३७:oo

‘जेन–जी’ आन्दोलनपछि दलहरूको मौनताले के संकेत गर्छ ?
दल र तिनका नेतृत्व यतिखेर जानीबुझीकनै शान्त बसेका हुनुपर्छ । यिनले नयाँ सरकार गठन ठिक भएन त भनेका छन् । सैद्धान्तिक र कानुनी पाटोबाट हेर्दा उनीहरूले भनेको ठिकै भए पनि व्यावहारिक रूपमा हेर्दा त्यो ठिक छैन । हरेक आन्दोलनपछि यस्तो असंगतिलाई नै संगति स्विकारेर जानुको विकल्प हुँदैन । राष्ट्रपतिसँग यसको विकल्प पनि थिएन । यो सरकारको वैधताका लागि २१ फागुनमा निर्वाचनको मिति घोषणा भइसकेको छ । यस्तो अवस्थामा दलहरूले थप अलोकप्रिय हुने डरले मौन बस्नु उचित ठानेका हुन सक्छन् । फेरि, यतिखेर प्रधानमन्त्री र मन्त्रीहरूको छवि त्यस्तो विवादास्पद र भ्रष्ट पनि छैन । यस्तोमा दलहरू ‘वेट एन्ड वाच’को स्थितिमा रहेका हुन सक्छन् । 

आन्दोलनले दलहरूलाई रुपान्तरणका लागि कस्तो दबाब दिएको छ ?
यसले दलहरूलाई दबाब त प्रशस्त दिएको छ । दलहरूमा रुपान्तरण जरुरी पनि छ र त्योविना दलहरूलाई आफ्नो अस्तित्व जोगाउन सम्भव पनि छैन । दलहरूमा हाल नेतृत्वमा रहेका नेता उमेरले गर्दा पनि अब अवकाशमा जानु ठिक हुन्छ । उहाँहरूको सोच, व्यवहार, भिजनले पनि अबका दिनमा नेतृत्व गर्न सहज छैन । हामीले पनि धेरै अघिदेखि बोल्दै, लेख्दै आएका हौँ, यसबारे । दलहरूमा रुपान्तरणको सवालमा जेन जीसित हाम्रो पनि विचार मिल्छ । दलहरूले आन्तरिक रूपान्तरण गरेर प्रगतिशील एजेन्डा बोक्न सकेनन् भने भोलिका दिनमा यिनीहरू स्वत: स्खलित हुनेछन् । 

दलहरूले घोषित निर्वाचनको सदुपयोग कसरी गर्नुपर्ला ?
निर्वाचनमा जान पनि दलहरूमा आन्तरिक रुपान्तरण जरुरी छ । आन्तरिक रुपान्तरण, नयाँ र प्रगतिशील विचार तथा युवा जोस र जाँगरसहितको नेतृत्वविना भाषण मात्र गर्ने, काम केही नगर्ने नेतृत्व लिएर निर्वाचनमा जाँदा यिनलाई नयाँ पुस्ताले पत्याउँदैन । त्यसैले, दलहरूले निर्वाचनमा जाँदा रूपान्तरित शक्ति लिएर जान सक्नुपर्छ ।