
सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेन-जी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको थियो।