Skip This
राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबिच भेट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबिच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका हुन्।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबिच छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिबारे जानकारी गराएका थिए । 

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरे।