
सागर डिस्टिलरी लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने ११ लाख ९० हजार ६ सय ४० कित्ता आइपिओ सार्वजनिक निष्कासनमा ल्याएको हो । निष्कासनमा आएको पहिलो दिनमै चार लाख १६ हजारभन्दा बढी लगानीकर्ताले ४८ लाख ३८ हजार दुई सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको सेयर बन्द हुने छिटोमा २ असोज र ढिलोमा १३ असोजमा हुनेछ । न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीकोे आइपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपालले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।