Skip This
‘हमास नेतामाथि थप कारबाही हुन्छ’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
जेरुसेलम
२o८२ भदौ ३१ मंगलबार १o:५५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘हमास नेतामाथि थप कारबाही हुन्छ’

Read Time : < 1 मिनेट
जेरुसेलम
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १o:५५:oo

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत हप्ता कतारमा भएको आक्रमणपछि हमास नेतामाथि थप आक्रमण गर्ने सम्भावना नटरेको बताए । ‘तिनीहरू जहाँ भए पनि’ उनीहरूलाई उन्मुक्ति दिइनेछैन । जेरुसेलममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहुले प्रत्येक देशलाई ‘आफ्नो सीमाभन्दा बाहिर आफ्नो रक्षा गर्ने’ अधिकार रहेको बताए ।

अमेरिकाको घनिष्ठ सहयोगी कतारमा रहेका हमासका वरिष्ठ नेतालाई लक्षित गर्ने इजरायलको निर्णयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । हमासले ६ जनाको मृत्यु भएको तर आफ्ना नेता बाँचेको बताएको छ । हमलामा अमेरिकाको कुनै संलग्नता छ कि छैन भन्ने प्रश्नमा नेतन्याहुले पत्रकारलाई भने, ‘हामीले यो आफ्नै बलबुतामा गर्यौं ।’

इजरायलको हमलाले यस क्षेत्रमा अमेरिकी सम्बन्धलाई क्षति पुर्‍याएको छ कि छैन भन्ने एक प्रश्नको जवाफमा विदेशमन्त्री रुबियोले वासिंटनले आफ्ना खाडी सहयोगीसँग बलियो सम्बन्ध कायम राखेको बताए । कतारको समर्थनमा अरब नेताले शिखर सम्मेलन आयोजना गरिरहेका वेला रुबियो र नेतन्याहुबिचको भेटवार्ता भएको हो । कतारका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो चरित्र’ बन्द गर्न आग्रह गरेका छन् ।