मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार १९:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपाल खुला स्नुकर : उपाधिको लागि शेर्पा र तामाङ भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १९:२१:oo

पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिता ०८२ को उपाधिको लागि काठमाडौंका खेलाडीद्वय फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । 
पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बार प्रालिको आयोजना, कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोग र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाइनलमा जित हात पार्दै शेर्पा र तमाङले उपाधि यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा शेर्पाले हेटांैडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेका थिए । दोस्रो सेमिफाइनलमा काठमाडौंका तामाङले पोखराका विकास मर्हजनलाई ५–२ को सेटमा पराजित गर्दै उपाधिका लागि शेर्पासँगको भेट पक्का गरेका थिए ।

प्रतियोगिताका संयोजक समेत रहेका स्नूकरका राष्ट्रिय खेलाडी सोम बिकले देशभरका स्नूकर खेलाडीहरूलाई एक मञ्च प्रदान गर्ने सँगै खेलको स्तरवृद्धि र पर्यटन प्रवद्र्धनमा योगदान गर्ने गरी प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार १७ भदौदेखि सुरु प्रतियोगितामा पोखरासँगै काठमाडौं, भक्तपुर, ललितपुर, झापा, इटहरी, विराटनगर, चितवन, बुटवल, धरानलगायत देशका विभिन्न जिल्लाबाट आएका १३६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सहभागी खेलाडीमध्ये ८० जना कास्की बाहिरका छन् । 

आयोजक प्रालिका सञ्चालक प्रताप गुरुङका अनुसार प्रतियोगिताको उपाधि बिजेताले दुई लाख दुई हजार २०२ रुपैयाँ र उपविजेताले ८० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र  पुरस्कार पाउने छन् । यसैगरी सेमिफाइनल प्रवेश गर्ने दुई खेलाडीले जनही २५ हजार, हाइएस्ट ब्रेकरले २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीले सात हजार पाँच सय रुपैयाँ पाउनेछन् ।