
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनले सुपथ मूल्य पसल संचालन गरेका छन्। सोमबारदेखि दुवै संस्थानले आ–आफ्नो आउटलेटबाट छुट मूल्यसहितको पसल संचालन गरेका हुन्।
तर, विगतमा जसरी यसपटक सुपथ पसलको उद्घाटन नगरी संचालनमा ल्याइएको छ। उपभोक्ताको उपस्थितिसमेत विगतको तुलनामा न्यून छ।
सुपथ पसलबाट चामल, दाल, गहुँ, चिनी, गेडागुडी तथा चिउरा प्रतिकिलो पाँच रुपैयाँ र आँटा, पिठो, मैदा, खानेतेल प्रतिकिलो सात रुपैयाँ छुटमा उपलब्ध गराइएको छ।
खाद्य कम्पनीले कर्णालीका रैथाने उत्पादनहरू, जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापर प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ। नुन दुई रुपैयाँ र जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ छुटमा उपलब्ध गराउने निर्णय भएको छ।