
अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल)ले नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्ने भएको छ । २३–२४ भदौमा भएको जेन–जी आन्दोलन र त्यसको बलमा बनेको अन्तिरम सरकारसँग मिलेर एमच्यामले आर्थिक सुधारमा सहकार्य गर्न आफू तयार रहेको जनाएको हो । दिगो आर्थिक प्रगति र नेपाली जनताको हितका लागि प्रतिबद्ध रहेको दोहो¥याउँदै एमच्यामले अहिलेको सरकारसँग मिलेर आर्थिक संरचना सबल बनाउन तथा आवश्यक सुधारका कदमलाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
कानुन र व्यवस्था पुनस्र्थापना, सम्पत्तिको थप क्षति रोकथाम र स्थायित्वका लागि सामूहिक कदम आवश्यक रहेको तथा पारदर्शी र जवाफदेही संस्था निर्माण तथा सुशासन सुनिश्चित गर्नु, सार्वजनिक विश्वास जगाउनु र दीर्घकालीन लगानी आकर्षित गर्नु जरुरी रहेको एमच्यामको ठहर छ ।एमच्यामले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईसमेत दिएको छ । एमच्यामले नेपालको लोकतान्त्रिक र आर्थिक यात्राको यो महŒवपूर्ण चरणमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक स्थिरतासँगै दिगो आर्थिक वृद्धिको दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरेको छ । ‘हामी स्थिरता, समावेशी वृद्धि र साझा समृद्धि प्रवद्र्धनका लागि अन्तरिम सरकारसँग नजिकको सहकार्य गर्न इच्छुक छौँ,’ एमच्यामले भनेको छ ।
साथै, जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै संगठनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘शान्त र स्थिर नेपाल आर्थिक विकास र साझा प्रगतिका लागि आधारशिला हो,’ एमच्यामको भनाइ छ । त्यसैगरी एमच्याम नेपालले नेपालको दीर्घकालीन स्थिरता, सुधार कार्यक्रम र समृद्धिको यात्रामा निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।