मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमण एक महिला मृत्युु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।  चितुवाको आक्रमणबाट गुलरिया  नगरपालिका– ११, टडुवाकी  ३६ वर्षीया कविता तामाङ रानाको मृत्यु  भएको हो ।

घरनजिकको  नेपाल केदुवाई सामुदायिक वनमा घाँस  काट्न गएकी रानालाई बिहान ९  बजे चितुवाको आक्रमणबाट गर्दा मृत्यु भएको  वडा १२  अध्यक्ष रामकुमार थारूले  बताए ।

एक महिला पहिला यसै  वडाकी जगतरानी थारूलाई चितुवाले  आक्रमण गरेको थियो । गाउँमा दिनहुँजस्तो चितुवा आएर कुकुर, बाख्रालगायतका घरपालुवा जनावर खाने गरेको स्थानीय भूपेन्द्र बिसीले  बताए । उनले  भने, ‘गाउँमा चितुवा देखिन  थालेपछि स्थानीय त्रसित बनेका छन् भने विद्यालयमा जान विद्यार्थी यही बाटो भएर  हिँड्छन्, उनीहरूलाई पनि विद्यालय जान  डर भएको छ  ।’

डिभिजन वन  कार्यालय बर्दियाको कार्यालय प्रमुखलाई पटकपटक  फोन  गर्दा पनि फोन नउठाउने गरेको बिसीले गुनासो   गरे  । गत  आर्थिक वर्षमा चितुवाको  आक्रमणबाट चारजनाको मृत्यु भएको थियो । जसमध्ये दुईजना गुलरियाका रहेका थिए ।