मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ २५ बुधबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ध्वस्त विराटनगरको सरसफाइ गर्न जुटे स्थानीय अभियन्ताहरू  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार १४:१७:oo

मंगलबार प्रशासनले लगाएको कर्फ्यु तोडेर आगो लगाएर ध्वस्त बनाइएका सरकारी र निजी संरचनाहरू सरसफाइ गर्न विराटनगरमा अभियन्ताहरू सक्रिय भएर लागेका छन् । मंगलबार जेन–जीको प्रदर्शनको बहानमा तोडफोड र आगजनी गरेर ध्वस्त बनाएका विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोशी प्रदेश सभा, आन्तरिक राजस्व कार्यालय, सिँचाइ कार्यालय, भाटभटेनी मल, कोइरालानिवासलगायतका संरचना अगाडि थुप्रिएका खरानी र ध्वस्त भएका सामग्रीहरू स्थानीय अभियन्ताहरूले धमाधम सरसफाइ गर्न थालेका छन् । 

प्रदर्शनकारीहरूले संरचनाहरू तोडफोड गरेर फर्निचरलगायतका सामग्रीहरू सडकमा ल्याएर आगजनी गर्दा आवागमन अवरुद्ध भएकाले पहिले सडकमा रहेका खरानी र जलेर ध्वस्त भएका सामानहरू हटाउन थालेको हरियाली अभियानका अभियन्ता पारुल क्षेत्रीले बताए । उनले आगलागी र तोडफोड भएका संरचनाहरू नागरिकहरूको सम्पत्ति भएकाले त्यसको संरक्षण र सरसफाइमा लागिपर्न सबै स्थानीयसँग आग्रह गरेका छन् । 

मंगलबार प्रदर्शनकारीहरूले  बरगाछी चाेक, तीनपैनी चाेक, देवकोटा चाेक, अस्पताल चाेक, महेन्द्र चाेकलगायतका विभिन्न स्थानमा युवाहरूले प्रधानमन्त्री केपी ओली र सरकार अनि राजनीतिक दलका पुराना नेताहरूविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका थिए । आगजनीबाट देवकोटा चाेकमा भएको कोशी प्रदेश सभा भवन, शनिहाटमा रहेको  महानगरपालिका भवन, शनिमन्दिर चाेकमा रहेको भाटभटेनी मल आदि जलेर नष्ट भएका छन् भने  अन्य संरचनाहरूमा पनि ठुलो क्षति पुगेको छ ।