मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format o९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाइतेका परिवारलाई काठमाडौं आवतजावतमा नारायणी यातायात व्यवसायी संघकाे निःशुल्क सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:११:oo

सोमबार काठमाडौंमा भएको जेन–जी युवा समूहको भ्रष्टाचारविरोधी प्रदर्शनको क्रममा घाइते भएका नागरिकको उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घटनाका घाइतेलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका उनका आफन्तलाई सहज आवतजावत उपलब्ध गराउन नारायणी यातायात व्यवसायी संघले विशेष व्यवस्था मिलाएको छ।

‘हेटौँडाबाट बल्खु हुँदै काठमाडौं जान वा फर्कन चाहने घाइतेका परिवारजनले संघसँग सम्पर्क गरी निःशुल्क सुमो टिकट पाउन सक्नेछन्,’ संघका महासचिव सरोजकुमार खनालले जारी गरेको सूचनामा भनिएको छ । यस्तै, संघले आवश्यकताअनुसार घाइतेका परिवारलाई आवतजावतमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

खनालले भने, ‘देशव्यापी आन्दोलनमा घाइते भएका युवाका परिवारहरूलाई थप आर्थिक बोझ नहोस् भन्ने हाम्रो उद्देश्य हो । घाइतेको उपचारको क्रममा परिवार नजिक रहन पाओस् भन्ने सोचले यो सुविधा दिन लागिएको हो ।’ संघका अनुसार, यो सुविधा सबै आवश्यकताअनुसार दिइनेछ र हेटौँडा–बल्खु–काठमाडौं मार्गमा सुमो यातायातको माध्यमबाट सुविधाजनक आवतजावतको व्यवस्था गरिनेछ ।

नारायणी यातायात व्यवसायी संघको यो कदमले घाइतेका परिवारलाई मानसिक तथा आर्थिक रूपमा सहजता मिल्ने अपेक्षा गरिएको छ ।