मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्व जलवायु परिवर्तन सम्मेलन काठमाडौंमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४४:oo

जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा सुरु भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले शनिबार सम्मेलन उद्घाटन गरेका हुन् ।

सोमबारसम्म चल्ने तीनदिने सम्मेलनमा विश्वभरबाट २१ देशका विज्ञ, वैज्ञानिक र प्राज्ञिक व्यक्तित्वहरू गरी करिब दुई सय प्रतिनिधिको सहभागिता रहेको आयोजक सेन्ट्रल कलेजका सहप्राचार्य गणेश बुढाथोकीले बताए ।

अर्को आयोजक संस्था एग्रिकल्चर एन्ड इन्भायरोन्मेन्टल टेक्नोलोजी डेभलपमेन्ट सोसाइटी भारतका कार्यक्रम संयोजक डा. वाजिद हसनका अनुसार सम्मेलनमा करिब आठ सय अनुसन्धानपत्र प्रस्तुत गरिनेछ ।

कार्यक्रममा नौ प्रमुख विषयवस्तु र ७० भन्दा बढी उपविषयमा छलफल हुने बताइएको छ । जसमा जलवायु विज्ञान, स्मार्ट कृषि, जैविक विविधता, पानीको सुरक्षा, विश्व तापक्रम वृद्धि, कार्बन उत्सर्जन, सामाजिक–आर्थिक सहनशीलता, एआई उपकरणद्वारा जलवायु पूर्वानुमान, प्राकृतिक स्रोत व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण तथा नीतिगत संरचना समेटिएका छन् ।