मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २० शुक्रबार १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंक घोटाला प्रकरणका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १५:o२:oo

प्रहरीले एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानरपालिका– १४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।

फरार रहेका उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी )ले पक्राउ गरेको हो।

दुईमध्ये प्रधानविरुद्ध नाै करोड २१ लाख ५० हजार जरिवाना र सात वर्ष कैद सजाय भएको थियो भने श्रेष्ठविरुद्ध दुई करोड ५० लाख रूपैयाँ  र तीन वर्ष कैद सजाय भएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । सिआइबीका अनुसार बैंकको घोटाला प्रकरण ०६९ सालमा सार्वजनिक भएको थियो।

छुटाउनुभयो की ?