मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
२o८२ भदौ १८ बुधबार १८:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीका करार तथा अस्थायी कर्मचारीले मासिक महँगी भत्ता पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १८:१२:oo

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

आर्थिक वर्ष ०८२/८३ को बजेट कार्यान्वयन गर्दै मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी पाँच हजार महँगी भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रिपरिषद्को १२ साउनमा बसेको बैठकले नेपाल सरकारले बजेटमा गरेको व्यवस्थाअनुसारको स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णयलाई अनुमोदन गरेको थियो।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बागमती प्रदेशअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक पाँच हजारका दरले भत्ता उपलब्ध हुनेछ।

उनले प्रदेशको महँगी भत्ताअन्तर्गत विनियोजित रकमबाट खर्च गर्ने व्यवस्था मिलाइएको बताए। यदि उक्त शीर्षकको बजेट अभाव भए उपलब्ध बजेट अभाव शीर्षकबाट समेत आवश्यक रकम माग गरी भत्ता उपलब्ध गराउने मन्त्री तामाङले जानकारी दिए।

आर्थिक मामिला मन्त्रालयको निर्णयसँगै बागमती प्रदेशमा करार र अस्थायी सेवामा रहेका कर्मचारीले अबदेखि अतिरिक्त महँगी भत्ता पाउने भएका छन्।