मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार १o:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुदूरपश्चिममा लगानी गर्न सिएनआईलाई मुख्यमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १o:५७:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा हुन गइरहेको लगानी सम्मेलनमा सहभागी भएर उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न नेपाल उद्योग परिसंघलाई आग्रह गरेका छन् । प्रदेशमा लगानी भित्र्याउन उद्योगीहरूको संस्था परिसंघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरेका हुन् । 

सोमबार परिसंघका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन, सोहीअनुरूप कानुनी एवं नीतिगत सुधार गर्न र लगानीको सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले जग्गा खरिद गरी उद्योग स्थापना गर्न नसक्ने लगानीकर्ताको भनाइप्रति समर्थन जनाउँदै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक जग्गासहित उद्योग स्थापना गर्ने स्थानसम्म बाटो, बिजुली, पानीलगायतका पूर्वाधार बनाइदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।  

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन सफल बनाउन परिसंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी बढ्नुपर्ने आवश्यकता औँल्याउँदै लगानीमैत्री वातावरण, कानुन तथा नीतिगत सहजता भए प्रदेशमा लगानी आउने बताए । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले जग्गा खरिद गरी लगानी गर्न नसकिने स्पष्ट पार्दै प्रदेश सरकारले सहज एवं छिटो प्रक्रिया अवलम्बन गरे, लगानी ल्याउने प्रतिबद्धता व्यक्त गरे ।