
कजारिया टायल्स ‘कजारियासँगै गृहप्रवेश, घुमौँ देश–विदेश’ नामक उपभोक्ता योजना घोषणा गरेको छ । चाडपर्वको अवसरमा घोषणा गरिएको योजनामार्फत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै, बम्पर उपहारस्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ ।
ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गरेपछि यो योजनामा सहभागी हुन सक्नेछन् । एक हजार वर्गफिटभन्दा बढी खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्न योग्य हुनेछन् । साथै, भाग्यमानी केही जोडीहरूले बम्पर उपहारस्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज भ्रमण अवसर पाउनेछन् । यो योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
योजना सार्वजनिक गर्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, ‘यस चाडपर्वमा नजिकैको कजारिया टायल्स डिलरमा पुग्नुस्, आकर्षक कलेक्सनबाट रोज्नुस् र स्क्यान गरेर जित्नुस्, आफ्नो घरसँगै आफ्नो भाग्य पनि रूपान्तरण गर्नुस् ।’ कजारिया रमेश टाइल्स लिमिटेडले आधुनिक सजावटको बदलिँदो रुचिलाई ध्यानमा राख्दै चार हजारभन्दा बढी डिजाइन विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।