मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बससेवाबाट टिकट काट्दा खसी उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:o३:oo

यस वर्षको दसैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवाडटकमबाट बस तथा हवाईजहाजको टिकट काट्नेलाई उपहारस्वरूप खसी उपहार दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरूप खसी दिने घोषणा गरेको हो । यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाईजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरूले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पिआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काँकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उनको भनाइ छ । बससेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाईजहाजको टिकटसमेत उपलब्ध गराएको छ । हवाईसेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ । 

बससेवाबाट टिकट काट्नेमध्ये सयजनालाई फ्री टिकट
१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेबसाइट (बससेवाडटकम)मार्फत टिकट काट्ने यात्रुहरूलाई बससेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये सयजनालाई निःशुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँबराबरको कपडा किनमेलसमेत गर्न सक्ने व्यवस्था गरेको छ ।