मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका सोलुखुम्बु
२o८२ भदौ १७ मंगलबार o७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सोलुखुम्बुमा बाढीले पाँच घर बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार o७:३८:oo

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ मा थामेखोलाको बाढीले पाँच घर बगाएको छ । गत वर्षको बाढीले क्षतविक्षत बनेका थामेका पाँच घर आइतबार राति थामेखोलामा आएको सामान्य बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले बताए ।

उनका अनुसार मानवीय क्षति भने छैन । ‘गत वर्ष नै क्षति भएका कारण मानिस अन्तै बस्दै आएका थिए । गत वर्ष नै क्षतविक्षत भएका कारण आइतबार राति घरको जग बगाउँदा पाँच घर बगेका हुन्,’ उनले भने, ‘तर, खोलामा ठुलो बाढी भने आएको होइन ।’

खुम्बु पासाङल्हामु गाउँपालिकाले भने सोमबार विज्ञप्ति जारी गर्दै पाँचवटा घर बगाएको र ६ घरमा आंशिक क्षति भएको जनाएको छ । त्यस क्षेत्रमा विद्युत् प्रसारण र सञ्चार सेवाअवरुद्ध भएको प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत वर्ष थामेखोलामा भीषण बाढी आएको थियो । 

छुटाउनुभयो की ?