मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
२o८२ भदौ १७ मंगलबार १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिपुलेकबारे सरकारले संयमतापूर्वक कूटनीतिक पहल गरोस् : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १४:५७:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले भारत र चीनले नेपाली भूमिलाई प्रयोग गर्ने समझदारी गर्नु आपत्तिको विषय भएको बताएका छन्।

मंगलबार रोल्पामा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले आपसी समझदारीका हिसाबले ट्रान्जिट बनाउन सकिने भए पनि सम्बन्धित देशसँग सरोकारै नराखेर दुई छिमेकी देशले सहमति गर्नु नेपालको स्वाधीनता, सार्वभौमिकतामाथिको दख्खल भएको बताए। उनले त्रिदेशीय साझेदारीका हिसाबले ट्रान्जिट बनाउन सकिने बताए।

नेपाललाई थाहै नदिएर गरिएको सम्झौताविरुद्ध सरकार खरो रूपमा उत्रिनुपर्ने पुनको भनाइ छ। ‘सरकारले उत्ताउलो ढंगले होइन, कूटनीतिक ढंगले पहलकदमी लिनुपर्छ,’ उनले भने, ‘सरकारले संयमित रूपमा तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल गरोस्।’

पुनले राजनीतिक नेतृत्वले धैर्यता र संयमतापूर्वक आफ्नो राष्ट्रिय हितलाई कसरी प्रवर्द्धन गर्ने भन्ने कुरामा सरकारको स्वाभाविक दायित्व हुने बताए। ‘सबै राजनीतिक दललाई विश्वासमा लिने र संयमतापूर्वक पहल लिन म सरकारसँग आग्रह गर्दछु,’ पुनले भने।
 

छुटाउनुभयो की ?