मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिपुलेकबारे शिष्टाचारले काम भएन, भारतसँग दृढ भएर कुरा गरौँ : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभागका रूपमा रहेका कुरा प्रमाणले देखाइसकेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सन् १८१६ को सुगौली सन्धिबाटै नेपालको सीमा कालीनदीको पूर्वतर्फ हुने प्रस्ट भएको कुरामा कुनै द्विविधा नरहेको बताए। ‘कैयौँ नक्साले कालीनदीको मूल स्रोत लिम्पियाधुरा नै हो भन्ने देखाइसकेका छन्,’ उनले भने।

सांसद पराजुलीले नेपालको भूभागमाथि कुनै अन्य राष्ट्रले गर्ने सम्झौता वैधानिक नहुने स्पष्ट गर्दै चीन र भारतबिच भएको लिपुलेक मार्ग प्रयोगसम्बन्धी सहमति अन्तर्राष्ट्रिय मापदण्डविपरीत रहेको टिप्पणी गरे।

उनले भियाना कन्भेन्सन अफ ल अफ ट्रिटीले पनि कुनै देशको सहमतिविना मञ्जुरी नदिने प्रावधान रहेको उदाहरण दिँदै सरकारलाई शिष्टाचारमा सीमित नभई दृढ र परिणाममुखी छलफल गर्न आग्रह गरे।


 

छुटाउनुभयो की ?