मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
२o८२ भदौ १६ सोमबार २१:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश

कैलाशका लालकुमारले पाउने भए सुरक्षित घर, मुख्यमन्त्री बानियाँले गरे दुई लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार २१:३६:oo

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४, धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित घरमा बस्न पाउने भएका छन्। जीर्ण घरमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घरनिर्माणका लागि पहिलो किस्ताबापत दुई लाख रुपैयाँ सहयोग गरेका हुन्।

आर्थिक रूपमा निकै कमजोर लालकुमारका सन्तान छैनन्। उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन्। सानै उमेरमा हात जलेकी सानुमाया आंशिक अपांग छिन्।

दम्पती गाउँमै करिब दुई कट्ठा नम्बरी र ३–४ कट्ठा ऐलानी जग्गा भोगचलन गरी कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन्।

विपन्न अवस्थाका कारण जीर्ण घर बनाउन नसकेपछि उनीहरू असुरक्षित बासमा जीवन बिताइरहेका थिए। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सिफारिसपछि मुख्यमन्त्री बानियाँले लालकुमारको घरनिर्माणका लागि सहयोग गरेका हुन्। अध्यक्ष मुक्तानले पालिकामा चेपाङ, जनजाति र अति विपन्न परिवार धेरै रहेकामा लालकुमारलाई छनोट गरी सिफारिस गरिएको बताए।

‘लालकुमारका सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको जीर्ण अवस्थामा रहेको एउटा घर छ। उनको अवस्था हेरेर नै पालिकाले घरनिर्माणका लागि सिफारिस गरेका हौँ,’ अध्यक्ष मुक्तानले भने। 

सिफारिसपत्र बुझ्दै तत्काल घरनिर्माणको लागि पहिलो किस्ताबापत दुई लाख रुपौयाँ सहयोग गरेका मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका नागरिक गासवास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य रहेको बताए। 
 

छुटाउनुभयो की ?